
काठमाडौं : लामो समयदेखी म्यूजिक भिडियोमा अभिनय गर्दै आएका मोडल बिशम गौतमको शब्द रचना रहेको नयाँ गित झुम्के बुलाकी सार्वजनिक भएको छ ।
उक्त गितको भिडियोमा विशम आफैले अभिनय समेत गरेका छन्, उनको अपोजिटमा सिर्जु अधिकारी देखिएकी छिन् ।
अमृत खातीको आवाज र सिर्जु अधिकारीकै अवाज रहेको यस गितको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन संगी सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ । भिडियो लिई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।