३० असार २०८३, मंगलबार

मनसुनको शुरूमै दुःखदायी डुबान ! बर्खायाम कसरी टार्ने ? (फोटो फिचर)

मनसुनको शुरूमै दुःखदायी डुबान ! बर्खायाम कसरी टार्ने ? (फोटो फिचर)

काठमाडौं, १८ असार – भर्खरै सक्रिय भएको मनसुनी वर्षाको शुरूमा देशभर डुबानले दुःख दिएको छ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ ।

आइतवार रातिदेखि परेको अविरल वर्षाले सोमबार बिहानैदेखि विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाकै कारण बाढी र पहिरोमा परेर विभिन्न ठाउँमा ५ जनाले मृत्यु भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै २ दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र १–२ स्थानमा अत्याधिक वर्षा हुनेछ ।

मनसुनको शुरूमै डुबानको भयानक रुप देखिँदा बर्खायाम नै टार्नुपर्ने भएकाले डुबान क्षेत्रका वासिन्दा चिन्तित भएका छन् । पानी जम्ने र ढल निकासको व्यवस्थापन नभएका कारण शहरी क्षेत्र डुवानमा पर्ने गरेका छन् । कमजोर भू–बनोट भएका पहाडी क्षेत्रमा पहिरो र नदीका तटीय क्षेत्रमा बाढीको खतरा उत्तिकै छ । असार १४ गतेदेखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ ।

सरकारले विपद्को पूर्वसूचना प्रणाली व्यवस्थापन नगर्दा बढी क्षतिका घटना हुने गरेका छन् । विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको विपद् प्रभावित क्षेत्रका वासिन्दाको गुनासो छ ।

तस्बिरहरू राससबाट

salt training

कमेन्ट गर्नुहोस्