
काठमाडौं, १९ असार–कानून पढ्न प्रवेश परीक्षा दिनुपर्ने र तोकिएको काटाअनुसार मात्रै भर्ना भएर पढ्न पाइने निर्णयबाट त्रिभुवन विश्वविद्यालयको कानून संकाय डिनको कार्यालय पछि हटेको छ ।
काटो प्रणालीअनुसार प्रवेश परीक्षा संचालन गरे पनि विद्यार्थी संगठनको दबाबका कारण डिन कार्यालयले फारम भरेका सबै विद्यार्थीलाई पठनपाठन गराउने प्रक्रिया थाल्ने भएको छ ।
कार्यालयले कानून पठाइ हुने क्याम्पसमा कोटा तोकेर मात्रै विद्यार्थी भर्ना गर्ने निर्णय गरेको थियो ।, कान्तिपुरमा खबर छ ।