३२ असार २०८३, बिहीबार

संसदीय सुनुवाई समितिमा राष्ट्रिय सभाबाट छानिए ३ जना सदस्य

संसदीय सुनुवाई समितिमा राष्ट्रिय सभाबाट छानिए ३ जना सदस्य

काठमाडौं, २२ असार- संघीय संसदका दुबै सदनका सदस्य रहने संसदीय सुनुवाइ विशेष समितिका लागि राष्ट्रिय सभाबाट ३ जना सदस्य सर्वसम्मत छानिएका छन् ।

राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले समितिमा रहने ३ जनाको नाम अनुमोदन गरेको हो । समितिमा नेकपाका तर्फवाट सुमनराज प्याकुरेल,  नन्दा चपाईं र नेपाली कांग्रेसका तर्फवाट जितेन्द्र देव सदस्य छानिएका छन् ।

प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ गरी सुनुवाइ समितिमा १५ सदस्य रहने प्रावधान छ । सुनुवाई समिति गठन हुन नसक्दा संवैधानिक परिषद्बाट सिफारिश भइ सुनुवाइका लागि पठाइएका सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ हुन सकेको छैन् । प्रतिनिधि सभाले पनि शुक्रवार नै सदस्य छान्ने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्