
काठमाडौं, २२ असार– मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।
दुर्घटनामा ११ पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए । उनका अनुसार १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटना स्थलमा शवहरु यत्रतत्र छन् भने टिप्पर कचाककुचुक अवस्थामा छ ।
केही तस्वीर








