०२ साउन २०८३, शनिबार

मुस्ताङमा हृदयविदारक दुर्घटना : टिप्पर कच्याककुचुक, छरपस्ट शव ! [तस्वीरसहित]

मुस्ताङमा हृदयविदारक दुर्घटना : टिप्पर कच्याककुचुक, छरपस्ट शव ! [तस्वीरसहित]

काठमाडौं, २२ असार – सर्वसाधारणको आवतजावत सहज बनाउन तयार भइरहेको सडक निर्माण आयोजनामा काम गर्ने मजदुरको त्यही सडकमा आवतजावत गर्दा ज्यान गयो । 

मजदुर बोकेको बा२ख २२१९ नम्बरको टिप्पर मुस्ताङको कालीगण्डकी करिडोर सडकमा दुर्घटनामा परेर १५ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ पुरुष र ४ महिला रहेका घटनास्थलमा रहेका प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताएका छन् । मजदुर बोकेको टिप्पर ती मजदुरले नै निर्माण कार्य गरिरहेको सडकमा गुडिरहेको थियो ।

मुस्ताङ जिल्ला सदरमुकामबाट करीब ५० किलोमिटर टाढा रहेको घटनास्थलको फोटोहरू उपलब्ध भएका छन् । फोटोमा दुर्घटनाग्रस्त टिप्परको अगाडिको भाग कच्याककुचुक भएको छ भने मृतकका शव र घाइते व्यक्तिहरू छरपस्ट छरिएर रहेका देखिएका छन् । घटनास्थलमा प्रहरी टोली र सर्वसाधारणले उद्दारको काम गरिरहेको प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए ।

जिल्ला सदरमुकाम टाढा भएकाले गम्भीर घाइतेलाई उपचारमा लैजान हेलिकोप्टर बोलाइएको जनाइएको छ । उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणमा काम गरिरहेका मजदुर बोकेको टिप्पर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले करीब २ बजेतिर खाना खाएर काममा फर्कन लागेका मजदुर बोकेको टिप्पर सडकबाट ५०–६० मिटर तल खसेको छ ।

तस्बिर : मुस्ताङ आवाज

salt training

कमेन्ट गर्नुहोस्