०८ असार २०८३, सोमबार

आत्मसमर्पण गरेलगत्तै छविलाल जेल चलान

असार २५, २०७५
आत्मसमर्पण गरेलगत्तै छविलाल जेल चलान

 सर्वोच्च अदालतमा हाजिर भएलगत्तै फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेललाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।

कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । पुनरावेदन अदालत हेटौँडाले सदर गरे पनि उक्त आदेशलाई सर्वोच्चले बदर गरेको थियो । सर्वोच्च अदालतले २०७२ साल पौष ६ गते छविलाललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्नु भनेर आदेश दिए पनि छविलाल त्यसपछि बेपत्ता भएका थिए । छबिलालबाहेक अरुले तारेख धाइरहेका छन् ।

न्यायका लागि अनसन बस्दा मृत्यू भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव ४५ महिनादेखि टिचिङ अस्पतालमा अलपत्र छ । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा अनसन बसिरहेका बेला ३ सय २९ दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको हो ।

नन्दप्रसादकी श्रीमती गंगामाया भने अस्पतालमै अनसनरत छिन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्