२२ असार २०८३, सोमबार

उपकुलपति कोइरालाले अनुमति नलिएको मन्त्रालयको स्पष्टीकरण

उपकुलपति कोइरालाले अनुमति नलिएको मन्त्रालयको स्पष्टीकरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो । 

कोइरालालाई यही असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्