
काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले पूर्णता पाएको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकले समितिमा रहने सदस्यहरुको नाम सिफारिश गरेसँगै समितिले पूर्णता पाएको हो ।
समितिमा नेकपाको तर्फबाट अमृता थापा, निरुदेवी पाल, योगेश भट्टराई, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, शिवकुमार मण्डल केबट र सुरेन्द्र पाण्डे रहेका छन् ।
यस्तै नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनादास प्रधान र पुष्पा भुसाल सदस्य बनेका छन् । राजपाका तर्फबाट लक्ष्मणलाल कर्ण तथा संघीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् ।
समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ जना सदस्य रहने व्यबस्था छ । राष्ट्रिय सभाले यसअघि नै तीन जनाको नाम सिफारिश गरेको छ । राष्ट्रियसभाबाट सुमन प्याकुरेल (नेकपा), नन्दा चपाइँ (नेकपा) र जीतेन्द्र नारायण देव (कांग्रेस) छन् ।
संसदीय सुनुवाई समिति गठन हुन नसक्दा संवैधानिक परिषद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ हुन सकेको छैन ।