
तुलसीपुर (दाङ) – ना५ख ५७६८ नम्बरको बसले ठक्कर दिँदा तुलसीपुरमा आज १ जना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका–३ का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।
बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ ।