२५ असार २०८३, बिहीबार

अनशनकारीको माग सम्बोधन गर्न नयाँ शक्तिकाे आग्रह

कात्तिक २०, २०७४
अनशनकारीको माग सम्बोधन गर्न नयाँ शक्तिकाे आग्रह

 

काठमाडौँ, ३ फागुन- नयाँ शक्ति नेपालले बृहत्तर जनकपुर क्षेत्रको विकासका लागि विभिन्न माग राखी विगत १३ दिनदेखि जारी अनशनप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले आज साँझ विज्ञप्ति प्रकाशित गरी अनशनमा बस्नु भएकाको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अनशनकारी रामकुमार शर्मा तथा कलामुद्दिन राइनलगायतको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसकेको भन्दै प्रवक्ता देवकोटाले माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत ध्यानकर्षण गराइएको बताउनुभएको छ ।

जनकपुर क्षेत्रको विकासका लागि भन्दै सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शर्मा र नेता राइन विगत १३ दिनदेखि जनकपुरमा अनशनरत हुनुहुन्छ । नयाँ शक्तिले वार्ता र संवाद मार्फत जायज मागको सम्बोधन गर्नसमेत आग्रह गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्