२१ जेठ २०८३, बिहीबार

नेविसंघ भित्रको विवाद उग्र, कुन्दन समुहले महाधिवेशको घोषणा गरे

नेविसंघ भित्रको विवाद उग्र, कुन्दन समुहले महाधिवेशको घोषणा गरे

काठमाडौं–नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद थप उग्र बन्दै गएको छ । अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहितका असन्तुष्ट समूहका नेताहरुले एकलौटी रुपमा १२ औं महाधिवेशनको मिति नै घोषणा गरेपछि विवाद थप उग्र बन्दै गएको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ । असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ ।

विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्