२१ जेठ २०८३, बिहीबार

क्रोएशियाले रच्यो इतिहास,  इङ्ल्याण्डलाई २–१ ले स्तब्ध पार्दै फाइनलमा

क्रोएशियाले रच्यो इतिहास,  इङ्ल्याण्डलाई २–१ ले स्तब्ध पार्दै फाइनलमा

काठमाडौं–इङ्ग्ल्याण्डलाई २–१ ले  स्तब्ध पार्दै  क्रोएशिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ  । बिहिबार बिहान रुसको मस्कोस्थित लुज्नुकी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा क्रोएशिलाले ऐतिहासिक जित दर्ता गराएको हो । 
सन् १९९८ मा विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो । त्यसयता यो क्रोएशियाको एेतिहासिक जित हो । 

निकै रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डले पाचौं मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो तर खेलको ६८ औं मिनेटमा क्रोएशियाले बराबरी गोल गर्न पुग्यो । त्यसपछि ९० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्र समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०९ औं मिनेटमा क्रोएशियाका मारियोले गोल गरेसँगै इङग्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।  इङ्ग्ल्याण्डका लागि खेलको पाँचौं मिनेटमा ट्रिपियरले गोल गरेका थिए भने ६८ औं मिनेटमा क्रोएशिका इभानले बराबरी गोल फर्काएका थिए । 

अब आइतबार क्रोएशियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघिको क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको थियो । 

यता सन् १९९० मा पछिल्लो पटक सेमीफाइनल खेलेको इङ्ग्ल्याण्ड यसपटक पनि अभागि बन्यो । सँधै विश्वकपको दाबेदारको रुपमा हेरिँदै आएको इङ्ग्ल्याण्ड यसपटक पनि अभागि साबित बन्यो ।  सन् १९६६ को विश्वकप विजेता इङ्ग्ल्याण्डको यो तेस्रो सेमीफाइनल खेल थियो । 

salt training

कमेन्ट गर्नुहोस्