२२ असार २०८३, सोमबार

नेकपा : जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्य हैसियतविहीन

असार २८, २०७५
नेकपा : जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्य हैसियतविहीन

काठमाडौं -  नेकपाको मोर्चा संगठनअन्तर्गत रहने जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूको पार्टीगत हैसियत नहुने भएको छ । यसअघि जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि प्रस्तावित मर्यादाक्रम विधान पारित गर्ने क्रममा हटाइएकाले पार्टीभित्र उनीहरू जुन कमिटीअन्तर्गत संगठित छन्, सोही हैसियतको मर्यादामा रहनेछन् ।

तत्कालीन एमालेले जनसंगठनका पदाधिकारीलाई अञ्चल सदस्य सोसरह र केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सोसरहको मर्यादामा राखेको थियो । त्यसलाई निरन्तरता दिँदै जनसंगठनहरूले पदाधिकारीलाई प्रदेश सदस्य र केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सदस्य सोसरहको मर्यादामा राख्नुपर्ने माग गर्दै आएका थिए ।

सबै जनसंगठनहरूले विरोध गरिरहेका वेला नेकपाले विधान र नियमावली पारित गर्दा यसअघिको प्रस्तावित व्यवस्था हटाएको हो । ‘जनसंगठनका पदाधिकारी र सदस्यहरू पार्टी कमिटीअन्तर्गत जो जहाँ संगठित छन्, त्यहाँ त्यही कमिटीका पदाधिकारी या सदस्यको मर्यादामा रहनेछन्,’ कार्यदलका एक सदस्यले भने ।, नयाँ पत्रिकामा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्