
काठमाडौं – आफ्ना विवादित बयान र क्रियाकलापका कारण मिडियामा छाइरहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायतमा पनि अनौठो हर्कत गरेका छन् ।
बेलायतकी महारानी एलिजाबेथले शुक्रवार ट्रम्पलाई विन्डसोर क्यासलमा चिया पिउन बोलाएकी थिइन् । महारानीसँग भेट्न गएका ट्रम्पले आफ्नो बानी अनुसार प्रोटोकलमा ध्यान दिएनन् र विवादमा परे ।
ट्रम्प विन्डसर क्यासल पसगे र सैनिकहरूको सलामी गारदको निरीक्षणका बेलामा महारानीको अघिअघि हिँड्न थाले । यसबाहेक ट्रम्पले बेलायतकी महारानीलाई भेट्दा शिर पनि झुकाएनन् ।
प्रोटोकलमा यस्ता दुईवटा गल्ती गरेपछि लन्डनवासीहरू रिसाए ।
तर यी घटनाबाहेक रानीसँगको भेटघाट राम्रो रह्यो । भेटघाटपछि एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले बेलायती महारानीको प्रशंसा गरे ।
यसैबीच धेरै लन्डनवासीहरूले ट्रम्पको विरोधमा –याली निकालेका छन् ।




एजेन्सी