११ साउन २०८३, सोमबार

बच्चाको लालनपालन गर्ने समय आएको छ, विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ : प्रधानमन्त्री अाेली

बच्चाको लालनपालन गर्ने समय आएको छ, विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ : प्रधानमन्त्री अाेली

काठमाडौँ, ३१ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ । 

“विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ । हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौँ, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो ।” 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गर्नुभयो । 

साहित्यको महत्व दर्शाउँदै उहाँले भन्नुभयो, “कविता नसुन्ने त भैँसी हुन्छ । गीत गाउनुस् भैँसीले मतलब गर्दैन, उघ्राएर बस्छ । मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन । निःशुल्करुपमा कविता र विचार सुनेर राति पनि बत्ति बल्ने सोलार प्यानल प्राप्त गरेको छु । म चार्ज भएको छु ।” 

उहाँले यस्ता सम्मिलन हिमाली खण्डका अन्य देशमा पनि आगामी दिनमा हुन सकोस् भनी कामना गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्