३० असार २०८३, मंगलबार

सैनिक ऐन र नियमावली संशोधन हुँदै

असार ३२, २०७५
सैनिक ऐन र नियमावली संशोधन हुँदै

काठमाडौं–रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। 

सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ।

त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा लागू गरिएको फास्टट्रयाक प्रणाली पनि सैनिक नियमावली संशोधनसँगै खरेज हुने मन्त्रालका अधिकारीले जनाएका छन्।

शिक्षा, स्वास्थ्य, विकास निर्माण, इन्धन खसरीद विक्रिीलगायतका क्षेत्रमा सेनाको भूमिका विवादास्पद हुन नदिन दायरा संकुचन बनाउने पनि रक्षाको तयारी छ। आजको कारोवार दैनिकमा  खबर छापिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्