२९ असार २०८३, सोमबार

सभामुखको रुलिङ– डा‍. केसीको विषयमा सरकारले छिट्टै केही कदम चाल्छ !

सभामुखको रुलिङ– डा‍. केसीको विषयमा सरकारले छिट्टै केही कदम चाल्छ !

काठमाडौं – सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको विषयमा सरकारको पर्याप्त ध्यानाकर्षण भएको बताउनुभएको छ ।

डा. केसीको माग सम्बन्धमा सरकारले निकट भविष्यमै केही न केही कदम चाल्ने उहाँको विश्वास छ ।

सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसी र चिकित्सा शिक्षा विधेयकको विषयमा प्रश्न उठाउँदै सदन अवरोध गरेपछि सभामुख महराले केसीको मागका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

 ʻमाननीयज्यूहरुले गोविन्द केसीको मागको विषयमा कुरा उठाउनु भएको छ । गोविन्द केसीको विषयमा सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ । माननीय मन्त्री पनि यहाँ उपस्थित हुनुहुन्छ । यय विषयमा गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गर्नुस् । यस विषयमा सरकारले केही न केही कदम चाल्छ,ʼ महराले भन्नुभयो ।

सभामुख महराले सरकारले संसदमा पेश गर्न लागेको चिकित्सा शिक्षा विधेयमा कांग्रेसले विरोधको सूचना दिएर प्रक्रियामा सहभागी भएको भन्दै प्रक्रियामा गएर छलफलमा भाग लिन आग्रह गरे ।

ʻविधेयकमा विरोधको सूचना दिनुभएको छ । विरोधको सूचना दिएपछि धेयकको विषयमा प्रक्रिया स्वीकारेको ठहर्छ । प्रक्रिया यहाँहरूले अगाडि बढाउन दिनुपर्‍योʼ सभामुख महराले भन्नुभयो, ʻदोस्रो कुरा विधेयकको विषयवस्तुमा छलफल गर्न बाँकी छ । विरोध र समर्थनको समय बाँकी भएको हुनाले विधेयकको विषयलाई लिएर विरोध गर्नुपर्ने कुनै कारण देख्दिनँ ।ʼ

सभामुखको रुलिङ पछि पनि कांग्रेस सांसदले उठेर विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची थियो ।

salt training

कमेन्ट गर्नुहोस्