०९ असार २०८३, मंगलबार

दुई दिनदेखि हराएका वडा सदस्य खोला किनारमा मृत भेटिए

दुई दिनदेखि हराएका वडा सदस्य खोला किनारमा मृत भेटिए
प्रतिकात्मक तस्वीर

उदयपुर – दुई दिनदेखि बेपत्ता भएका उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर सोमबार मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर सोमबार बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । 

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्