२० असार २०८३, शनिबार

इन्गेजमेन्टको एक वर्षपछि विहे !

इन्गेजमेन्टको एक वर्षपछि विहे !

लामो समयदेखी प्रेम सम्वन्धमा रहेका अभिनेता आयुषमान देशराज जोशी र प्रियंका कार्कीले शनिबार बेलुका इन्गेजमेन्ट गरे ।

एकाएक गोप्य रुपमा उनिहरुले गरेको ईन्गेजमेन्टले धेरै आश्चर्यमा परे ।

धेरैले प्रश्न गरेका छन्, ईन्गेजमेन्ट त भयो, विहे चाहि कहिले नी ! हालै प्रियंकाले मुख खोल्दै भनेकी छिन्, विहे गर्न कम्तिमा एक वर्ष लाग्नेछ ।’ स्वदेश तथा विदेशमा रहेका आफन्त र आफ्ना पेन्डिङमा रहेका काम सकाएपछि विहे गर्ने तयारीमा रहेको प्रियंकाले खुलासा गरेकी छिन् ।

स्रोतका अनुसार प्रियंका–आयुषमान अर्को वैसाखमा विहे गर्ने योजनामा छन् । विहे मिति वारे आयुषमानले भने मुख खोलेका छैनन् । यि दुवैले आफ्ना फेसवुक, ईन्स्टाग्राम लगायतका सामाजिक सन्जालमा ईन्गेजमेन्टका तस्विर शेयर गरेका छन् भने उनीहरुका नजिकका साथीभाई र आफन्तहरुले वधाई दिइरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्