०९ असार २०८३, मंगलबार

विपक्षमा रहँदा समर्थन सत्तामा पुग्दा मौन

साउन ४, २०७५
विपक्षमा रहँदा समर्थन सत्तामा पुग्दा मौन

काठमाडौँ - पुस्तक प्रकाशन गृह फाइन प्रिन्टका प्रकाशक अजित बरालले प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले २०७१ चैत ११ मा गरेको ट्वीट मेन्सन गर्दै बिहीबार लेखे– ‘हिजो समर्थन, अहिले विरोध ।’ नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका बेला पनि डा. गोविन्द केसी अनशन बसेका थिए ।

कोइरालाले डा. केसीको माग नसुनेको सन्देश दिने कार्टुन कान्तिपुरमा प्रकाशित भएको थियो । वात्स्यायनले बनाएको उक्त कार्टुनको एक छेउमा केसी विभिन्न माग राखेर अनशन बसेको देखिन्छ भने अर्को छेउमा प्रधानमन्त्री कोइराला ‘माफिया’ लेखिएको कागजले कान थुनेर बसेको देखिन्छ । माफियाको इसारामा प्रधानमन्त्रीले सत्याग्रही केसीको माग बेवास्ता गरेको बुझाउने सोही कार्टुन राखेर ट्वीट गर्दै रिमालले लेखेका थिए– समर्थन कार्टुन ट्वीट ।

यसरी केसीको मागलाई समर्थन जनाउँदै ट्वीट गर्ने रिमाल अहिले शक्तिशाली प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार छन् । तर सरकार भने डा. केसीको अनशनलाई ‘केही व्यक्तिको उक्साहट’ भनेर अथ्र्याइरहेको छ । तीन वर्षअघि डा. केसीको समर्थनमा ट्वीट गरेका रिमालले अहिले भने केसीको अनशनबारे समर्थन वा विरोधमा कुनै पनि ट्वीट गरेका छैनन् र सार्वजनिक रूपमा मुख खोलेका छैनन् । यसबारे कान्तिपुरमा विस्तृत खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्