०६ साउन २०८३, बुधबार

राजपाले छान्यो तीन राज्यमन्त्री, काे-काे परे ?

राजपाले छान्यो तीन राज्यमन्त्री, काे-काे परे ?

धनुषा- राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो ।

राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा हुनुहुन्छ । प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ ।

बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ । राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो । 

राजपाको बैठकले परमेश्वर साहलाई प्रमुख सचेतक बनाउने निर्णय समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्