०३ साउन २०८३, आइतबार

म्यानचेस्टर सिटीले यो सीजन पनि प्रिमियर लीग जित्नसक्छ : डेभिड भिल्ला

म्यानचेस्टर सिटीले यो सीजन पनि प्रिमियर लीग जित्नसक्छ : डेभिड भिल्ला

काठमाडौं – पेप ग्वार्डियोलाको प्रशिक्षण रहेको म्यानचेस्टर सिटीले यो सीजन पनि जित्न सक्ने खेलाडी डेभिड भिल्लाले बताएका छन् । यसो भयो भने सन् २००९ पछि लगातार दुई सीजन जित्ने पहिलो क्लब सिटी हुनेछ । 

नौ वर्षअघि म्यानचेस्टर युनाइटेडले यो उपलब्धि हासिल गरेदेखि कुनै पनि टोली यसमा सफल भएका छैनन् ।

युनाइटेड पजि अघिल्लो सिजनको दाबेदार थियो तर उसले पनि सिटीलाई उपाधि जित्नबाट रोक्न सकेन । ग्वार्डिओलाका सेना १०० प्वाइन्ट र १०६ गोलका साथ सिजनको विजेता भए ।

कुल ३८ खेलमा सिटीले दुईवटामा मात्र पराजय बेहो–यो – लिभरपूल र युनाइटेडविरुद्ध । उसले काराबाओ कप पनि जित्यो अनि च्याम्पियन्स लीगको क्वार्टरफाइनलमा ठाउँ बनायो । 

ग्वार्डिओलाले सन् २०१८–१९ को सिजनमा क्लबलाई बलियो बनाउँदै लीसेस्टर सिटीबाट रियाद माहारेजलाई ल्याए । अनि भिल्लाले सिटी नै उपाधि जोगाउन सफल हुने विश्वास राखेका छन् ।

‘मलाई लाग्छ, उनी फेरि उपाधि जित्न सक्छने किनकि उनी राम्रो प्रशिक्षक हुन्, उनीसँग राम्रो टीम छ र उनलाई व्यवस्थापनको पूर्ण सहयोग छ,’ भिल्लाले भने । भिल्लाले ग्वार्डिओलासँग बार्सिलोनामा काम गरिसकेका छन् । 

सिटीले पहिलो खेल आर्सनलसँग साउन २७ गते खेल्दैछ । त्यसको एक हप्तापछि उसको प्रतिस्पर्धा हडरस्फील्डसँग हुँदैछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्