२१ असार २०८३, आइतबार

प्रधानसेनापतिले गरे पूर्वप्रधानसेनापतिसँग अन्तक्र्रिया, राष्ट्रिय सुरक्षाबारे परामर्श

प्रधानसेनापतिले गरे पूर्वप्रधानसेनापतिसँग अन्तक्र्रिया, राष्ट्रिय सुरक्षाबारे परामर्श

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधानसेनापति र पूर्वरथीहरूसँग बुधबार भेटघाट तथा अन्तक्र्रिया गरेका छन् ।

नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरमा गरिएको अन्तक्र्रियामा राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतिबारे कुराकानी भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा सेनाका विविध गतिविधिबारे जानकारी गराइएको थियो । सेनाले अन्तक्र्रिया कार्यक्रमलाई नियमित रुपमा आयोजना हुने जनाएको छ ।

कार्यक्रमलाई सम्बोेधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाको जिम्मेवारी, अपरेसनल र सैनिक कल्याणकारी योजना तथा गतिविधिबारे सम्बन्धित निर्देशनालयबाट कार्यक्रममा जानकारी गराइएको थियो ।

सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा खटिएका पूर्वप्रधानसेनापति, वहालवाला तथा अवकाश प्राप्त रथी र अधिकृतलाई प्रधानसेनापति क्षत्रीले ‘दी इन्टरनेसनल पिस प्राइज मेडल १९८८’ प्रदान गरेका थिए । सन् १९८८ मा संयुक्त राष्ट्र संघले नोवेल शान्ति पुरस्कार पाएको अवसरमा नर्वेजियन सरकारले शान्ति स्थापना कार्यमा खटिएका आफ्ना सैनिकलाई यो मेडल प्रदान गर्न शुरूवात गरेपश्चात् संयुक्त राष्ट्र संघको अनुमतिमा नेपाल सरकारको स्वीकृति अनुसार उक्त अवधिभर शान्ति स्थापना कार्यमा खटिएका रथी तथा अधिकृतलाई मेडल प्रदान गरिएको हो ।  

कार्यक्रममा पूर्वप्रधानसेनापति र रथीहरूले सेना सम्बन्धी विविध सुझाव दिएका थिए । कार्यक्रमलाई समापन गर्दै बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापति लगायत पूर्वप्रधानसेनापति र रथीको उपस्थिति र राय सुझावको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्