२९ असार २०८३, सोमबार

नौ घण्टाको उडानपछि काठमाडौं आइपुग्यो दोस्रो वाइडबडी विमान

नौ घण्टाको उडानपछि काठमाडौं आइपुग्यो दोस्रो वाइडबडी विमान

काठमाडौं -  नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ । 

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आउनुभएको हो । 

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्