०३ असार २०८३, बुधबार

भारतको राजधानीमा भोकका कारण तीन बालिकाको मृत्यु

भारतको राजधानीमा भोकका कारण तीन बालिकाको मृत्यु

काठमाडौं – भारतको राजधानी दिल्लीको एक परिवारमा तीन छोरीहरू भोकका कारण मृत्युवरण गर्न बाध्य भएका छन् । यी तीन बच्चाको उमेर दश वर्षभन्दा कम छ । 

भोक र कुपोषणबाट पीडित यी बालिकालाई अस्पताल लगिएको थियो तर उनीहरूको मृत्यु पहिले नै भइसकेको थियो । 

द टाइम्स अफ इन्डियाले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै लेखेअनुसार, बच्चीहरूको पेटमा अन्नको दाना नै थिएन । 

आठ वर्षीया मानसी, पाँच वर्षीया पारो र दुई वर्षीया सुखोलाई लाल बहादुर शास्त्री अस्पताल लगिएको थियो । त्यहाँका चिकित्सक अमित सक्सेनाले भोककै कारण बच्चीहरूको मृत्यु भएको पुष्टि गरे ।

यी बालिकाहरूको पिताको नाम मंगल हो र उनी रिक्सा चलाउँछन् । बच्चीहरूकी आमाको मानसिक हालत कमजोर बताइएको छ । उनीहरू दिल्लीको मंडावली क्षेत्रमा एउटा झोपडपट्टीमा बस्थे । 

त्यहाँ भाडा तिर्न नसकेपछि उनीहरूलाई निकालिएको थियो । मंगलको रिक्सा पनि दुई दिनअघि चोरिएको थियो । त्यसपछि उनले कामै गर्न पाएका थिएनन् । घरमा पैसा नभएकाले खाना समेत पाकेको थिएन ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले घटनाको जाँचको आदेश दिएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्