काठमाडौं– सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिका लागि बलाधिकृत रथी पूर्णचन्द्र थापाको नाम सिफारिस गरेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्री आगामी २४ गतेदेखि अवकाश पाउँदैछन् । अवकाश पाउनुभन्दा एक महिना अगाडिदेखि विदामा बस्ने चलनअन्तर्गत क्षत्री साउन २४ गतेदेखि नै विदामा बस्दैछन् ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले साउन २७ गतेदेखि लागू हुने गरी बलाधिकृत रथी थापालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।