२६ जेठ २०८३, मंगलबार

बालुवाटारमा वार्ता मिल्यो, डा. केसीले राती नै अनसन तोड्लान् ?

साउन १०, २०७५
बालुवाटारमा वार्ता मिल्यो, डा. केसीले राती नै अनसन तोड्लान् ?

काठमाडौं– डाक्टर गोविन्द केसीका मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच सहमति  जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार अबेसम्म चलेको वार्तामा केसीका मागका सम्बन्धमा सबैजसो  विषयमा सहमति जुटेको अधिवक्ता सुरेन्द्र भण्डारीले लोकान्तरलाई बताए । 

उनले भने, ‘वालुवाटारमा भएको वार्तामा सबैजसो विषयमा सहमति जुटेको छ । हामी सहमति बोकेर अनसनस्थल त्रिवि शिक्षण अस्पताल जाँदै छौं ।’ उनले डाक्टर केसीलाई सहमतिको बुँदा देखाएसँगै आजै राती अनसन तोडिने सम्भावना रहेको बताए । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औ‌ पटकको अनसनमा रहेका  केसी र सरकारी वार्ता टोलीबीच यसअघि भएको भनिएको ९ बुँदे सहमतिमा पुन समस्या उत्पन्न भएको थियो ।

 केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएका थिए । 

  त्यसपछि विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा  प्रधानमन्त्रीकै उपस्थितिमा  वार्ता भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्