०१ असार २०८३, सोमबार

इटलीको यो ठाउँमा हुँदैछ दीपिका र रणवीरको बिहे !

इटलीको यो ठाउँमा हुँदैछ दीपिका र रणवीरको बिहे !

काठमाडौं – बलिउडमा बहुप्रतीक्षित बिहेको भेन्यु तय भएको छ । यहाँ हामी दीपिका पादुकोण र रणवीर सिंहको बिहेको कुरा गरिरहेका छौं । उनीहरूको बिहे इटलीमा हुने खबर त पहिले नै आएको हो तर लोम्बार्डीस्थित लेक कोमोमा हुने चाहिँ भर्खर आएको खबर हो । 

दीपिका र रणवीरले यो ठाउँ प्राकृतिक सुन्दरताका कारण छानेका हुन् । लेक कोमो इटलीको तेस्रो सबभन्दा ठूलो ताल हो र यो १४६ स्क्वेयर किलोमिटरमा फैलिएको छ । तालको गहिराइ १३ सय फीट छ र युरोपकै सबभन्दा गहिरो तालमा
गनिन्छ । 

लेक कोमो इटलीको सुप्रसिद्ध पर्यटन गन्तव्य हो । रोमनकालदेखि नै धनी मानिसले छुट्टी बिताउने ठाउँका रूपमा यो प्रसिद्ध छ । यसलाई संसारकै सुन्दर ताल मानिन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्