०३ असार २०८३, बुधबार

गुरू पूर्णिमाको अवसरमा काठमाडौंमा गुरूपूजा महोत्सव

गुरू पूर्णिमाको अवसरमा काठमाडौंमा गुरूपूजा महोत्सव

काठमाडौं – गुरू पूर्णिमाको अवसरमा काठमाडौंमा गुरूपूजा महोत्सव कार्यक्रम गरिएको छ । 

वैदिक धर्मग्रन्थ गुरू वेद व्यासको जन्मजयन्तीका अवसरमा व्यास जयन्ती अर्थात् गुरू पूर्णिमा मनाउने गरिएको छ । पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले प्रणेता सद्गुरू सतपालजी महाराजप्रति श्रद्धाभाव प्रकट गर्दै केन्द्रीय कार्यालय गौशालामा ‘गुरूपूजा महोत्सव २०७५’ मनाएको छ ।

३ नम्बर प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ र समितिको केन्द्र प्रमुख महात्मा चमेली वाइजीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले गुरूको प्रेरणा र आत्मज्ञानको प्राप्तिले मात्र मानिसको हृदय परिवर्तन भई समाज, राष्ट्र र विश्वमा शान्ति, सामाजिक सद्भाव र सहिष्णुताको भावना जागृत हुने बताए ।

उनले धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सबै एकतावद्ध भएमा समृद्धिका लागि सक्षम र नैतिक नयाँ पुस्ता निर्माण गर्न आध्यात्मिक तथा सामाजिक संस्थाको अतुलनीय भूमिका रहेकोमा जोड दिए । कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव जीवनलाई सार्थक बनाएर अन्धकारबाट उज्यालोतर्फ, सत्कर्म र सत्मार्गतिर डोर्याउन गुरूको महिमा, भौतिक जीवन, अध्यात्म र विज्ञानको सम्बन्धबारे बताइन् ।

कार्यक्रममा बाल कलाकारले आध्यात्मिक, चेतनामूलक गीत संगीत, भजन तथा नाटक प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्