२२ असार २०८३, सोमबार

लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ

भक्तपुर- महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–५ का २१ वर्षीया सुष्मा तिमिल्सिना, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी रहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

प्रहरीले उनीहरुको साथबाट फेनेरगन १०० थान, नोफिन ७९० थान र डाइजोल्याब १०० थान बरामद गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्