०४ असार २०८३, बिहीबार

चीनसँग सामान आयात निर्यात ठप्प : दैनिक एक करोड बराबरको राजश्व घाटा

चीनसँग सामान आयात निर्यात ठप्प : दैनिक एक करोड बराबरको राजश्व घाटा

रसुवा– टिमुरे गाउँमाथिको घट्टेखोलामा निर्मित पुल जोखिमपूर्ण भएपछि सवारी साधन आवत जावत ठप्प भएको छ । गत बुधबारराति टिमुरेमा गएको पहिरोपछि पुल जोखिमपूर्ण भएपछि रसुवागढी भन्सारबाट आयात निर्यात पनि ठप्प भएको छ । 

पहिरोले अवरुद्ध सडक स्थानीय प्रशासनले पन्छाए पनि टिमुरे गाउँमाथिको घट्टेखोलामा निर्मित पुल जोखिमपूर्ण भएपछि सवारी साधन आवत जावत ठप्प भएको हो । सीमा प्रहरी चौकी टिमुरेका अनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुलको केही अंश बाढीेले बगाएपछि पूलको जोखिम बढेको हो ।

प्राविधिकहरुको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी साधन सो पुलबाट आवात जावतमा रोक लगाइएको छ । सो पुलबाट हल्का सवारी साधनमात्र सुचारु छन् । 
ठूला मालबाहक सवारी साधन नचल्दा दैनिक एक करोड रुपैयाँ बरावरको राजश्वमा घाटा लागेको भन्सार कार्यालयले जनाएको छ । नेपाल–चीनको उत्तरी नाकाबाट सामान आयात निर्यात गर्ने पुल जोखिम भएपछि केरुङतर्फ गएका सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्