१२ असार २०८३, शुक्रबार

आखिर मानिस किन पशुसँग सम्पर्क गर्न चाहन्छ ?

आखिर मानिस किन पशुसँग सम्पर्क गर्न चाहन्छ ?

काठमाडौं– भारत हरियाणाको मेवात क्षेत्रमा एक गर्भवती बाख्रासँग यौनसम्पर्क र त्यसपछि बाख्राको मृत्युको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चामा रहे । 

घटना साउन ९ गतेको हो । तर घटनाको चर्चा चार दिन पछि भयो । मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाको रिपोर्ट दर्ता भएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । 

घटना जब प्रहरीकहाँ पुग्यो तब बाख्राको पोस्टमार्टम गरियो । तर पोस्मार्टमबाट दुष्कर्मको पुष्टि भएको छैन । 

पोस्टमार्टममा मृत्युको कारण आन्तरिक चोट उल्लेख गरिएको छ । र, घटनामा संलग्न भएको भन्दै कसैलाई पनि गिरफ्तार गरिएको छैन । प्रहरीले अहिले पनि घटनाको जाँच भइरहेको बताएको छ । 

तर जनावरसँग सेक्स !

जनावरसँग सेक्सलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको एक अर्को मतलब पनि छ, अति क्रुर व्यवहार । 

अक्सफोर्ड डिक्शनेरीका अनुसार कुनै मानिस जनावरकाबीच इन्टरकोर्सलाई बेस्टिएलिटी भनिन्छ । 

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनको वेभसाइटका अनुसार कुनै पनि व्यक्तिले जनावरसँग यौन सम्पर्क गर्नु निकै गम्भीर विषय हो । 

एनसीबीआइ रिसर्च जनरलमा प्रकाशित एक शोधका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो । जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । 

यसको उदेश्य मात्र शारीरिक सन्तुष्टि हो । कुनै भावनात्मक लगाव होइन । उक्त रिपोर्ट अनुसार केही समुदायमा जनावारसँगको सम्पर्क यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि लिइएको हुन्छ ।

एक रिपोर्टका अनुसार कयौं पटक बच्चा पनि यस्तो हर्कतमा सहभागी हुन्छन् । तर यदी कुनै बच्चाले यस्तो हर्कत गरे यसलाई सामान्य रुपमा लिनु हुँदैन । 

भारतीय सेक्सोलोजिस्त विनोद रैनाका अनुसार  बेस्टिएलिटीको लागि कयौं पटक माहोल पनि जिम्मेवार हुन्छ । कयौं पटक परिवारमा यौनलाई लिएर यस्तो खालको माहोल हुन्छ कि सदस्यहरु खुलेर यसबारेमा कुरा गर्न सक्दैनन् । यस्तोमा कयौंपटक सेक्सलाई सार्वजनिक गर्नका लागि पनि जनावरको प्रयोग गर्छन ।’

हरियाणाको यो घटनाले सबैलाई अचम्ममा परेपनि यो पहिलो घटना भने होइन । 

अमेरिकाको फ्लोरिडामा पशुमा हुने यौन हमलामा बाख्रा सबैभन्दा बढी छन् । 

एनसीबीआइको एक रिपोर्ट अनुसार १८ वर्षका एक युवकले आफ्नो गौशालमा पालिएका दुई बाच्छीसँग दुष्कर्म गरेका थिए । दुई बाच्छीको एक पछि अर्को गर्दै मृत्युभएपछि फोरेन्सी जाँच भएको थियो जसमा मानिसको वीर्य फेला परेको थियो । 

नेपाल, भारत, नेदरल्याण्ड, फ्रान्स तथा स्विट्जरल्याण्ड, डेनमार्कमा यस्तो कार्य प्रतिवन्धित छ । 

बेलायतमा २००३ मा यससँग जोडिएको सजायमा बदलाव गरिएको छ र आजीवन कारावासको सजायलाई घटाएर दुई वर्षमा झारिएको छ । 

तर हंगेरी, फिनल्याण्डमा भने यस्तो कार्य अपराध होइन । 

मनोरोग

एनसीबीआइको रिपोर्टका अनुसार यस्तो समस्या खासगरि त्यस्तालाई हुन्छ जो असन्तुलित जीवन बाँचिरहेका छन् । 

जसको बचपन घरेलु हिंसा तथा तनावकाबीच चलेको छ । यसका अलावा जो बचपनमा यौन हिंसाको शिकार भएको छ उनीहरुमा यस्तो व्यवहारको आशंका बढ्छ । 

कस्ता–कस्ताले गर्छन् पशुसँग सम्पर्क ?

ह्यूमन–ऐनिमल रोल–प्लेयर्सः जसले जनावरसँग कहिल्यै सेक्स गरेका छैनन् तर सेक्स को इच्छा आएपछि जनावरप्रति आकर्षित हुन्छन् ।

रोमान्टिक पशु प्रेमी– यस्ता मानिस जनावरलाई पालतु बनाएर राख्छन् । उनीहरु साइकोसेक्शुअलिटी को रुपमा आकर्षित हुन लाग्छन् तर सेक्स गर्दैनन् । 

असामान्य कल्पनाशील मानिस– यस्ता मानिस जो पशुसँगको सेक्शुअल इन्टरकोर्स का बारे सोच्छन् तर यस्तो कहिल्यै गर्दैनन् । 

पशुप्रति आकर्षित– यस्ता मानिस पशुलाई छुन्छन् । उनीहरु पशुलाई गला लगाउँछन् र त्यही रुपमा छुन्छन् । उनीहरु पशुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् । 

अतिउत्साही– यस्ता मानिसले पशुको हरेक हिस्सालाई हेर्छन् । कयौंपटक कामुक रुपमा पनि हेर्छन् । यस्तै पशुहरुबीच हुने यौन गतिविधिमा पनि निकै सक्रिय हुन्छन् । 

क्रुर कामुकता–यिनीहरुले पशुलाई बलात्कार गछन् । कयौं अवस्थामा उनीहरुले पशुलाई प्रताडित पनि गर्छन् । 

मौकापरस्त– उनीहरु सेक्शुअल रिलेशनको मामलामा सामान्य हुन्छन् । तर मौका मिल्नासँग पशुसँग पनि शुरु हुन्छन् । 

नियमित पशु प्रेमी– यस्ता मानिस पशुसँग सेक्स निकै मनपराउँछन् । उनीहरुले मानवीय यौन भन्दा पशुसँगको यौन मनपराउँछन् । 

हिंस्रक– उनीहरु सेक्स का दौरान पशुलाई मारिपनि दिन्छन् । यतिसम्मकी पशु मरिसकेपछि पनि यौन कार्य गरिरहन्छन् । 

एक्सक्लूसिभ पशु प्रेमी– यस्ता मानिस केवल पशुसँगमात्र यौन सम्पर्क गर्छन् । 

बीबीसी हिन्दीबाट भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्