११ साउन २०८३, सोमबार

प्रधानसेनापति क्षत्रीद्वारा ‘हल अफ फेम’ उद्घाटन

प्रधानसेनापति क्षत्रीद्वारा ‘हल अफ फेम’ उद्घाटन

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीवार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको पहलमा निर्मित ‘हल अफ फेम’को उद्घाटन गरेका छन् ।

नेपाली सेनाले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलतालाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ हल अफ फेमको निर्माण गरिएको हो ।

हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताका साथै ओलम्पिक, एसियन, दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सैनिक खेलाडीले हासिल गरेका उपाधिको अभिलेख, तस्विर तथा सहभागिता सम्बन्धी जानकारी समावेश गरिएको छ ।

हल अफ फेमको निर्माणले खेलाडीले विगतमा पुर्याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आवद्ध भएर योगदान पुर्याइरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीलाई समेत प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा पूर्व प्रधानसेनापति, ओलम्पिक कमिटीका अध्यक्ष, नेपाली सेनाका रथी, अधिकृत, भेट्रान खेलाडी, पदीक लगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्