
काठमाडौं –आफ्नो दोस्रो ओडीआई म्याचमा नेपालले अहिले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेदरल्यान्ड्समै भइरहेको प्रतियोगितामा नेपालले आठौं ओभरमा लगातार २ विकेट गुमाएको छ ।
उपकप्तान ज्ञानेन्द्र मल्ल १३ र अनिल साह ४ रन बनाएर कलासेनको शिकार बनेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ८ ओभरमा २ विकेट गुमाएर ३६ रन जोडेको छ ।
यसअघि भएको पहिलो ओडीआईमा नेपाल ५५ रनले पराजित भएको थियो ।
आजको खेल नेपालले जितेमा सिरिज बराबरीमा टुंगिनेछ भने अन्यथा नेदरल्यान्ड्सले क्लिकस्विप गर्नेछ ।