०२ साउन २०८३, शनिबार

नेपालले लियो बदला, रोमाञ्चक खेलमा नेदरल्यान्ड्स १ रनले पराजित

नेपालले लियो बदला, रोमाञ्चक खेलमा नेदरल्यान्ड्स १ रनले पराजित

काठमाडौं –दोस्रो ओडीआईमा नेपालले  नेदरल्यान्ड्सलाई १ रनले हराएको छ । यसअघिको पहिलो एकदिवसीय खेलमा  नेदरल्यान्ड्ससँग पराजित बनेको नेपालले आज बदला लिन सफल भएको छ । 
२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अन्तिम बलमा  ११५ रन बनाउँदै अलआउट हुन पुग्यो । 

नेदरल्याड्सविरुद्ध १ रनको रोमान्चक जीत हात पार्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ विकेट लिँदा सोमपाल कामी कप्तान पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए । 
यस्तै नेदरल्याण्ड्सका बारेसीले व्यक्तिगत ७१ रन जोडेपनि हार टार्न सकेनन् । 


यसअघि टस जितेर पहिले ब्याटिग गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय १६ रन जोडेको थियो । 

कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतकीय पारीको मद्दतमा नेपालले मध्यम स्कोर खडा गरेको हो ।

अझै अनौठो संयोग त के भयो भने पारसजस्तै सोमपालले पनि अर्थशतक पूरा गर्न छक्का प्रहार गरेको बल हराएपछि अर्को बल ल्याएर खेल सुचारु गरिएको थियो ।

पहिलो इनिङ भर ३ पटक बल हरायो । सोमपालभन्दा अघि पारसले २ पटक छक्का प्रहार गरेको बल हराएको थियो।

५ चौका र ३ छक्काको मद्दतमा सोमपालले ६१ रन जोड्दा पारस ५१ रन बनाएर आउट भए । उनले ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।

यस्तै सुवास खकुरेल र दीपेन्द्र ऐरी समान १९, आरिफ शेख १६, ज्ञानेन्द्र मल्ल १३, रोहित पौडेल ६, अनिल साह ४ र वसन्त रेग्मी १ रन बनाएर पेबिलियन फर्किए ।

सोमपालको शानदार पारीको मद्दतमा नेपालले ४४ ओभर ३ बलमा २ सय रनको आँकडा पार गरेको थियो ।

अन्तिम विकेटका लागि १२ रनको साझेदारी गर्ने क्रममा सन्दीप लामिछानेले ८ र ललितसिंह भण्डारीले ४ रनको योगदान गरे ।

यसअघि भएको पहिलो ओडीआईमा नेपाल ५५ रनले पराजित भएको थियो ।

आजको खेल नेपालले जितेसँगै  सिरिज बराबरीमा टुंगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्