१९ असार २०८३, शुक्रबार

कर्णालीमा अनौठो संयोग: गणतन्त्रमा पनि ‘शाही शासन’ !

साउन २०, २०७५
कर्णालीमा अनौठो संयोग:  गणतन्त्रमा पनि ‘शाही शासन’ !

सुर्खेत– कर्णाली प्रदेशको संसद र सरकारमा एउटा गज्जवको संयोग परेको छ । 

खस बाहुल्य रहेको कर्णाली प्रदेशमा नीति निर्माण तहमा ‘शाही’ को बाहुल्यताको संयोग परेको हो । प्रदेश सभामा रहेका ४० मध्ये १३ सांसद ‘शाही’ थरका छन् । अझ संसददेखि सरकारसम्मको नेतृत्व पनि ‘शाही’ ले नै गरिरहेका छन् । 

सरकारको नेतृत्वकर्ता महेन्द्रबहादुर शाही हुन् । कालिकोटबाट निर्वाचित शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । 

संसदको नेतृत्व राजबहादुर शाहीले गरिरहेका छन् । सभामुख रहेका शाही दैलेखबाट निर्वाचित भएका हुन् । 

संसदीय दलको प्रमुख र संसदीय समितिमा पनि ‘शाही’ कै  नेतृत्व छ । एमाले र माओवादी पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको नेता चयन गर्न सकेको छैन । 

नेकपा गठन अघि कर्णालीको संसदमा चार राजनीतिक दलको सहभागीता छ । ति मध्ये तीन दलको नेतृत्व ‘शाही’ ले गरेका छन् । तत्कालिन माओवादी केन्द्रको संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको नेतामा जीवनबहादुर शाही र राप्रपा संसदीय दलको नेतामा सोशिला शाही छन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा १३ जना शाही सांसद छन । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, राप्रपाकी सांसद सोशिला शाही, अन्य सांसदहरु गुलावजंग शाह, चन्द्रबहादुर शाही, अमृता शाही, करवीर शाही, हिमबहादुर शाही, कुर्मराज शाही, कृष्णा शाह, वीरबहादुर शाही सांसद रहेका छन् ।

यी मध्ये सांसद अमृता शाही, हिमबहादुर शाही र कृष्णा शाह समानुपातिक कोटाबाट संसद बनेका हुन् भने  अन्य १० जना ‘शाही’ सांसद प्रत्यक्ष निर्वाचित भएका आएका हुन् । 
कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ जम्मा प्रदेश सभाका  २४ सीट रहेका छन् ।

कुनै सयम नेपालमा राजवंशीय परम्पराको ‘शाही’ शासन थियो । जसमा वंशाणुगत परम्परा अनुशाह शाह वंशका उत्तराधिकारी राजाले देशमा शासन गर्थे । तर अहिले कर्णाली प्रदेश जनताको मतले छानिएका ‘शाही’हरुले हाँकिरहेका छन् । 

अधिवक्ता दुर्गा सापकोटाले कर्णालीमा शाही थरका बढी सांसद हुनु स्वभाविक रहेको बताए । ‘कर्णालीमा हरेक राजनीतिक दलमा शाही थर भएकाहरुको नै नेतृत्व रहेको छ’, उनले भने,‘त्यसैले अवसर पनि शाहीले नै पाउनु स्वभाविक हो ।’  उनका अनुसार शाही बाहुल्य  क्षेत्र भएका कारण पनि कर्णालीको संसदमा शाहीको प्रतिनिधित्व भएको हो । 

कर्णालीमा ठकुरी हावी हुनुको प्रमुख कारण तत्कालिन समयमा शाह वंशको राजकाज भएको मानिन्छ ।

‘दुल्लुमा शाहको राज्य, जुम्लामा मल्लको राज्य, रुकुम र जाजरकोटमा पनि शाहको राज्य भएका कारण राजनीतिको मुल प्रवाहमा ठकुरीहरु हावी भएका थिए’, अधिवक्त सापकोटाले लोकान्तरसँग भने, ‘त्यसैले  हरेक शासनमा जस्तो पञ्चायती भनौं या राजतन्त्र भनौं अथवा अहिलेको शासन व्यवस्था भनौं, ठकुरीको स्वभाविक रुपमा अग्रता रहन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्