०९ साउन २०८३, शनिबार

एनआईसी एशिया बैंकको ‘क्यूआर कोड पेमेन्ट’ सेवा सुरु

एनआईसी एशिया बैंकको ‘क्यूआर कोड पेमेन्ट’ सेवा सुरु

 काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडले क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने सेवा  संचालनमा ल्याएको छ ।

 यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।  । क्यूआर कोडमार्फत भुक्तानी गर्ने तरिकाबारे समेत बैंकले जानकारी दिएको छ । 

बैंकका अनुसार  मर्चेन्टले मोबाइल बैंक मर्चेन्ट एपबाट  रिक्वेस्ट पेमेन्ट विकल्प प्रयोग गरि ‘क्यूआर कोड जेनेरेट  गर्ने र ग्राहकले आफ्नो स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । 

यस्तै  मर्चेन्टले भुक्तानी काउण्टरमा क्यूआर कोड  भएको स्टिकर राख्न सक्नेछन्् जसलाई ग्राहकले मोबाइलपे विकल्प प्रयोग गरी स्क्यान गरेर पनि  भुक्तानी गर्न सक्नेछन् । 

बैंकले  यो सेवाबाट व्यवसायी तथा ग्राहक लाभान्वित हुने विश्वास लिँदै भनेको छ, ‘ यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्ट फोन  उपलब्ध हुनुपर्ने र उतm स्मार्ट फोन  प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । बैंकको मोबाइल बैंकिङ्ग  सेवा गुगल प्लेस्टोर अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्