काठमाडौँ, २८ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी ओलीको बारेमा फिल्म बन्ने भएको छ । फिल्म मंगलबार राजधानीमा आयोजित एक समारोहका बीच शुभ मुहूर्त गरियो । उनी बारेको फिल्मको नाम ‘रातो सुर्य’ रहेको छ |

फिल्म मुर्हत कार्यक्रममा ओलीको पनि उपस्थिति रहेको थियो ।
दिपेन्द्र प्रसाद दाहालको लेखन तथा निर्देशनमा उक्त फिल्म बन्न लागेको जानकारी दिइयो ।
फिल्ममा हरिहर शर्मा, विश्व बस्नेत सुरविर पण्डित, टिका पहाडीलगायतको अभिनय रहने बताइएको छ ।