
काठमाडौं – शार्कलाई समुद्रको सबभन्दा खतरनाक प्राणी मानिन्छ र यसले जसमाथि पनि आक्रमण गरिदिन सक्छ ।
अमेरिकाको म्यासाच्युसेट्समा पनि शार्क आक्रमणको आश्चर्यजनक भिडियो आएको छ ।
एक व्यक्ति डुंगामा बढेर माछा पक्रिन जाँदा एक शार्क उसलाई खानका लागि माथि उफ्रिन्छ । यो तर्साउने भिडियो भाइरल भएको छ ।
एटलान्टिक ह्वाइट शार्क कन्जर्भेन्सीले यो भिडियो आफ्नो फेसबूक पेजमा शेयर गरेको छ ।
बेस्टन ग्लोबल पत्रिकाका अनुसार, जीववैज्ञानिक ग्रेग डुंगाको अग्रभागमा उभिएर बल्छी लिएर माछा पक्रन लागेका थिए । डुंगा अर्का व्यक्तिले चलाइरहेका छन् । अर्का एकजनाले भिडियो खिचिरहेका छन् ।
ग्रेगले माछा समात्न स्टिक चलाउँदा शार्कले उनलाई तलबाट आक्रमण गर्छ । तर अग्रभागमा जाली हुनाले शार्क ग्रेगको गोडासम्म आउन पाउँदैन ।
शार्कले आफ्नो मुख पूरै बाएर ग्रेगको गोडा चपाउन खोजेपनि असफल हुन्छ र डुंगाचालकले तत्कालै डुंगालाई अर्कोतिर मोड्छन् ।
एजेन्सी