२० असार २०८३, शनिबार

'प्रकाण्ड' अपराधी हुन्, त्यसैले पक्राउ गरिएको हो–गृहमन्त्री थापा

'प्रकाण्ड' अपराधी हुन्, त्यसैले पक्राउ गरिएको हो–गृहमन्त्री थापा

चितवन– गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको  नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गैरकानुनी क्रियाकलापमा सहभागी भएकोले पक्राउ गरिएको बताएका छन् । 

शुक्रबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले प्रकाण्डको नाममा वारेन्ट समेत जारी भएको जानकारी गराए । गैरकानुनी क्रियाकलाप गर्नेलाई सरकारले नछोड्ने भन्दै उनले अपराध नियन्त्रणका लागि सरकारले आफ्नो काम गरेको स्पष्ट पारे ।

‘म गृहमन्त्री हुँ । मेरो काम अपराध नियन्त्रण गर्ने हो । त्यसैअन्तर्गत प्रकाण्ड समातिएका हुन्, उनले भने ‘कानून र विधि उल्लघंन गरेकाले प्रकाण्ड अपराधी हुन् ।’ प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न रहेको र चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको उनको भनाइ छ । 

प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजे दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्