१७ असार २०८३, बुधबार

नेकपा कर्णाली प्रदेश कार्यदलबाट प्रतिवेदन पेश

साउन २५, २०७५
नेकपा कर्णाली प्रदेश कार्यदलबाट प्रतिवेदन पेश

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको पार्टी एकताका लागि गठित कार्यदलले नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई आज प्रतिवेदन बुझाएको छ । 
महासचिव पौडेललाई नेकपा संसदीय दल कार्यालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक युवराज ज्ञवाली तथा सदस्य जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्माले प्रतिवेदन बुझाउनुभएको हो । प्रदेश तहमा पहिलो पटक कर्णाली प्रदेशले प्रतिवेदन बुझाएको हो । 
प्रतिवेदनमा प्रदेश सङ्गठन कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् र केन्द्रीय सल्लाहकार समितिमा रहनेको नामवाली बुझाइएको कार्यदलका सदस्य कँडेलले जानकारी दिनुभयो । पार्टी एकताका लागि नेकपाले सात वटै प्रदेशमा प्रदेशस्तरीय कार्यदल गठन गरेको छ । नेकपाले साउन मसान्तसम्मका लागि सात वटै प्रदेशलाई प्रदेशस्तरमा पार्टी एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्