०३ असार २०८३, बुधबार

विश्व बैंकको १० करोड डलर सहयोग स्वीकृत

विश्व बैंकको १० करोड डलर सहयोग स्वीकृत

काठमाडौं– विश्व बैंकले नेपालको आर्थिक स्थायित्वका लागि १० करोड डलर सहयोग स्वीकृत गरेको छ । वित्तिय क्षेत्रमा मध्यावधिक सुधार कार्यक्रम अन्तर्गत सहयोग गरिएको विश्व बैंकले जनाएको छ ।

आगामी  ५ वर्षका लागि सो कार्यक्रम सञ्चालन गरिनेछ । संघियताको कार्यान्वयन सँगै उत्तरदायी सेवाका लागि सो रकम खर्च गरिने छ । नेपालको समृद्धिका लागि संघियताले ठूलो सहयोग गर्ने बिश्वास विश्व बैंकका नेपाल निर्देशक क्मिाओ फानको छ । 

विश्व बैंकको सहयोगमा नेपालमा हाल २१ वटा योजनाहरु सञ्चालनमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्