३१ असार २०८३, बुधबार

प्रिमियर लिगमा लिभरपुलको सुखद सुरुवात, वेस्ट ह्याम ४–० ले पराजित

प्रिमियर लिगमा लिभरपुलको सुखद सुरुवात, वेस्ट ह्याम ४–० ले पराजित

काठमाडौं–प्रिमियर लिगमा लिभरपुलले सुखद सुरुवात गरेको छ । आइतबार साँझ सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ४–० ले पराजित गर्यो । 
लिभरपुलका लागि  मोहम्मद सलाहले खेलको १९ औं मिनेटमा सुरुवाती गोल गरे । यस्तै वेस्ट ह्यामले गोल फर्काउने प्रयास गर्दैगर्दा पहिलो हाफको अन्तिमतिर लिभरपुलले फेरि अर्को गोल थप्यो । सादियो मानेले  ४७ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका हुन् । यस्तै उनले खेलको ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अवस्थामा पुर्याए । 
खेल अवधिभर ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको लिभरपुलका लागि डानियलले ८८ औं मिनेटमा गोल गर्दै टिमलाई ४–० को अवस्थामा पुर्याए । यसपछि दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि ४–० ले वेस्ट ह्याम स्तब्ध बन्यो । जितसँगै लिभरपुलले आफ्नो खातामा  तीन अंक जोडेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्