११ साउन २०८३, सोमबार

नेयमार फूटबलका कलाकार हुन् : पीएसजी प्रशिक्षक टुचेल

नेयमार फूटबलका कलाकार हुन् : पीएसजी प्रशिक्षक टुचेल

काठमाडौं – पेरिस सेन्ट–जर्मेन (पीएसजी) का प्रमुख प्रशिक्षक टमस टुचेलले नेयमारलाई यस सीजनमा कलाकारिता देखाउँदै क्लबलाई अग्रणी बनाउन चुनौती दिएका छन् । 

ब्राजिलका सुपरस्टार खेलाडी नेयमारले विश्वकपमा निराशाजनक प्रदर्शन गरेका थिए । विश्वकपपछि पहिलोपटक उनी क्लबका लागि अघिल्लो सप्ताहान्तमा मोनाकोविरुद्ध सब्स्टिच्युटका रूपमा आएका थिए । 

अघिल्लो सीजनमा कीर्तिमान रकममा पीएसजी आएका नेयमारको मेटाटार्सल भाँचिएपछि धेरै खेल खेल्न पाएनन् । प्रशिक्षक टुचेल अब नेयमार क्लबका लागि चम्किनुपर्ने धारणा राख्छन् । 

‘नेयमार मेरा प्रमुख खेलाडी भएको प्रस्ट छ,’ बोरुसिया डर्टमोन्ड क्लबका पूर्वप्रशिक्षक टुचेलले आइतवार काएनविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा भने । 

‘उनी विश्वकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् तर त्यति मात्र नभई उनी कलाकार हुन्, सिर्जनात्मकसहितका । सिर्जनात्मकता भएका खेलाडीमा बढी दबाब पार्नु हुँदैन । नेता बन्नका लागि धेरै उपाय छन् र मेरो विचारमा नेयमार नै हाम्रा
नेता हुन् । उनी जोखिम मोल्छन् र गोलको अवसर सिर्जना गर्छन् । डिफेन्सका लागि जिम्मेवार खेलाडी अरू नै छन् र नेयमारको भूमिका त्यो होइन,’ टुचेलले थपे । 

नेयमारले प्रशिक्षक टुचेललाई खुशी तुल्याउँदै काएनविरुद्ध खेलको १० मिनेटमा गोल गरे । खेल पीएसजीले ३–० ले जित्यो । अन्य दुई गोल एड्रियन राबियोट र टिमोथी वीहले गरे ।

गोल डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्