१२ असार २०८३, शुक्रबार

डोजर प्रयोग गरेर सडक बनाएका कारण चित्लाङ पहिरोको जोखिममा

डोजर प्रयोग गरेर सडक बनाएका कारण चित्लाङ पहिरोको जोखिममा
सन्दर्भ तस्वीर

संखुवासभा-  चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् ।

केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ । 

स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ । सडक अवरुद्ध छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो ।

विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले रु ५० लाख सहयोग गर्नुभएको छ । अहिले भवन निर्माण भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्