२९ असार २०८३, सोमबार

मन्त्रीहरू हिँड्ने बाटैमा प्रेसर कुकर छाडेर भागे अपरिचित व्यक्ति, स्थानीय त्रसित

मन्त्रीहरू हिँड्ने बाटैमा प्रेसर कुकर छाडेर भागे अपरिचित व्यक्ति, स्थानीय त्रसित

ललितपुर – ललितपुरको कुपण्डोलमा शंकास्पद् वस्तु फेला परेको छ । प्रत्यक्षदर्शीका अनुसार अपरिचित व्यक्तिले ज्वागलस्थित व्यस्त सडकमा प्रेसर कुकर छाडेर भागेका थिए ।

यो मन्त्रीनिवास पुल्चोकबाट सिंहदरबारतर्फ जाने बाटोमा पर्छ । यही बाटो हुँदै मन्त्रीहरू दैनिक क्वाटरदेखि सिंहदरबार आवतजावत गर्ने गर्छन् ।

शंकास्पद् वस्तु भेटिएपछि प्रहरीले तत्काल यातायात आवागमन बन्द गरेर सुरक्षा सतर्कता अपनाएको छ ।

प्रेसर कुकर छाडेर अपरिचित व्यक्ति भागेपछि चालक आत्तिँदा नजिकै सडकमा गुडिरहेको स्कूटर समेत पल्टिएको थियो । उनलाई सामान्य चोट लागेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय गरेको छ । अहिले यातायात सुचारु भएको छ ।

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा आज ठाउँठाउँमा बम तथा शंकास्पद बस्तु भेटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्