काठमाडौं, ८ फागुन – लेखक एवम् समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा केकी र दयाहाङको केमेष्ट्री देख्न सकिन्छ ।

अन्तर्जातीय प्रेमकथामा आधारित चलचित्र सिन्धुलीका विभिन्न स्थानमा छायांकन गरिएको छ ।
चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल लगायतका कलाकारको अभिनय रहेको चलचित्रको पन्छी बोलको गीत यतिबेला चर्चामा छ ।
चलचित्र बैशाख १ गतेदेखि प्रदर्शन हुनेछ ।
