२८ असार २०८३, आइतबार

‘बर्खेचान’को रौनक

‘बर्खेचान’को रौनक
तस्वीर: रासस

बेनी- जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेचान’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । 

नेपाल भाषा मंकाःखलःको संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको उक्त नाचअन्तर्गत बिहीबार बेनीमा लाखेनाच प्रर्दशन गरिएको थियो । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ । 

परापूर्वकालमा समाजमा दुःख दिँदै आएकोे घण्टाकर्ण नामको राक्षसको हत्यापछि उनसकी श्रीमतीले गरेको पति वियोगको पीडालाई चित्रण गरेर मुखुण्डो लगाएका कलाकारले यस नाचमा अभिनयसहित नृत्यका साथै विभिन्न नाच देखाउन थालिएको मंकाःखलअन्तर्गतको युवाको समूह ल्यामपुचका अध्यक्ष सुविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 



बेनीमा बसोबास शुरु भएदेखि नै बर्खे नाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेपछि बर्खे नाच समापन गरिन्छ। नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । केही समय अगाडि बर्खे नाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्