१४ असार २०८३, आइतबार

भारतीय कम्पनीको जुस पिउँदा १५ जना विद्यार्थी बेहोस

भारतीय कम्पनीको जुस पिउँदा १५ जना विद्यार्थी बेहोस

विराटनगर– भारतीय कम्पनी नेस्ले ईण्डिया प्रा.लि.को मिलो जुस खाँदा शुक्रवार दिउँसो मोरङ जिल्लाको विराटनगर महानगरपालिका-२ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन्  ।

प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाएको छ । स्थानीय बिक्रेताले मार्केटिङका क्रममा विद्यार्थीहरुलाई जुस खुवाएको र सो जुस खाएर १५ जना विधार्थी अकस्मात विरामी परेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएर  जुसकाे मार्केटिङमा निस्केका जिल्ला झापा कन्काई नगरपालिका-२ बस्ने बर्ष २६ को प्रदिप घिमिरे र मोरङकाे विराटनगर महानगरपालिका-९ बस्ने बर्ष ४८ को महेन्द्र कुमार अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

को १ स ३५६ नम्बरको सिटी सफारी गाडीमा रहेका नेस्ले मिलो जुसका कार्टुनसहित कारवाहीका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइएकाे प्रहरीले जनाएकाे छ ।  बिरामी विधार्थीहरु मध्ये ५ जनाको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेकाे छ ।  

salt training

कमेन्ट गर्नुहोस्